Breaking News

सिन्धुलीको गोलनजोर गाउँपालिका–१ मा माअाेवादी केन्द्रका उम्मेद्वार विजयी

सिन्धुली १ जेठ ।  सिन्धुलीको गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मीनबहादुर सुनुवार विजयी भएका छन ।

सुनुवारले पाँच सय २८ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गरेका छन ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार ज्वालाप्रसाद न्यौपानेको अग्रता कायम छ । न्याैपानेले हालसम्म ६ सय ५९ मत प्राप्त गरेका छन । यस्तै कांग्रेसका पुष्पबहादुर कार्कीले तीन सय ४७ र एमालेका टीकाबहादुर देवकोटाले एक सय ३५ मत प्राप्त गरेका छन ।

shares