Breaking News

सप्तरीमा दुर्घटना, एक काे मृत्य पाँच जना घाइते

दिनेश शर्मा/राजविराज, ३१ वैशाख । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिकामा शनिवार राती मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने सप्तरी र सिरहाका ५ जना घाईते भएका छन् ।
सिरहाको लहानमा नगरपालिका १२ स्थित पुर्वपश्चिम राजमार्गमा राती दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना हुँदा सिरहाकै मोहनपुर कमलपुर ९ का सन्तोष चौधरीको मृत्यु भएको छ। पूर्व जाँदै गरेको स ८ प १०११ नम्बरको मोटरसाईकल र विपरित दिसामा जाँदै गरेको लु ३ प ४८५५ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।
मृतक चौधरी १०११ नम्बरको मोटरसाईकलका चालक हुन् । सोही मोटरसाईकलको पछाडी रहेका उनका दाजु लक्ष्मीकान्त चौधरी र बनौली ८ बस्ने देबानन्द चौधरी घाईते भएका छन ।
यसैगरी ४८५५ नम्बरको मोटरसाईकलमा रहेका सप्तरीको हनुमाननगर नगरपालिका १० बस्ने सुरेश यादव, नारायण यादब र अनिल यादब घाईते भएका छन्। घाईते पाँचै जनालाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

shares