Breaking News

प्रदेश १ एमाले संसदीय दलको नेतामा अाचार्य पराजित: शेरधन राई मुख्यमन्त्री बन्ने पक्का

काठमाण्डाै, २६ माघ । प्रदेश नं १ को नेकपा एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् ।

एमालेको संसदीय दलको नेताका लागि आज भएको निर्वाचनमा राईले पार्टी सचिव भीम आचार्यलाई पराजित गरेका हुन् । प्रदेशसभाका ५१ सांसदमध्ये राईले २६ र आचार्यले २४ मत पाए भने एक मत बदर भयो ।

संसदीय दलको नेता सहमतिमा बनाउने प्रयास असफल भएपछि निर्वाचन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता राई स‌ंसदीय दलको नेता बनेसँगै प्रदेश नं १ को मुख्य-मन्त्री बन्ने निश्चित् भएको छ ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत अर्थात ५१ सांसद छन् । माओवादीको १६ सांसद छ र वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेकै भागमा परेको छ ।

प्रदेश १ एमाले संसदीय दलको नेतामा अाचार्य पराजित: शेरधन राई मुख्यमन्त्री बन्ने पक्का

shares