Breaking News

कञ्चनपुरमा अवैध रुपमा उत्पादित मदिरा बरामद

काठमाण्डौ, २७ वैशाख । नजिकिँदै गइरहेको स्थानीय तहको चुनावसँगै कञ्चनपुरका विभिन्न नगरपालिका तथा गाउँपालिका अवैध मदिराको उत्पादन र बिक्री—वितरण हुने गरेको पाइएको छ ।

चुनावका बेला नेता कार्यकर्ताले आफ्नो पक्षमा मतदान गर्न भन्दै मदिराका माध्यमबाट लोभ्याउने भएकाले आफूहरु मदिरा नियन्त्रण अभियानमा लागेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय कञ्चनपुरले सदरमुकाम नजिकका विभिन्न पसलहरुबाट ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको छ ।

भिम दत्तनगरको सालघाडि, जानकी टोल लगायतका स्थानबाट मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

shares