Breaking News

पञ्जाबविरुद्ध टस जितेर कोलकत्ता फिल्डिङ गर्दै

काठमाण्डौ, २६ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज राति ८ः१५ मा किंग्स एलाभेन पञ्जाब र कोलकत्ता नाइट राइडर्स भिड्दैछन् ।

मोहालीको पञ्जाब क्रिकेट एसोसिएसन स्टेडियममा हुने खेल प्रतियोगिताको ४९ औं खेल हो । कोलकत्ताले टस जितेर फिल्डिङ रोज्दै पञ्जाबलाई ब्याटिङको निम्तो दिएको छ । अंक तालिका हेर्ने हो भने कोलकत्ता १६ अंकका साथ तालिकाको दाेस्रो स्थानमा छ भने पञ्जाब १० अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।

पछिल्लो खेलमा उत्कृष्ट खेल पस्केको कोलकत्ताको मनोबल उच्च भए पनि पञ्जाब कोलकत्तालाई रोक्ने प्रयासमा रहनेछ ।

shares