Breaking News

नेपालमा राजनीतिक स्वतन्त्रताको कार्यान्वयन पक्ष कमजोर भएको सूचनामन्त्रीकाे जीकिर

काठमाण्डौ, २२ वैशाख । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले राजनीतिक स्वतन्त्रता आवश्यक भए पनि नेपालमा त्यसको कार्यान्वयन पक्ष कमजोर भएको बताएका छन् ।

कार्लमार्क्सकाे जन्म भएकाे २ सय बर्ष पुगेको अवसरमा शुक्रबार काठमाण्डौमा आयोजित ‘युवाका दृष्टिमा कार्लमार्क्स’ विषयक विचार गोष्ठीमा मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले राजनीतिमा उत्तराधिकारी खोज्ने परम्पराले राजनीति सहि बाटोमा नहिँडेकोमा जोड दिए । कार्कीले मार्क्सवादी सिद्धान्त परिवर्तनशील भएकाले यसलाई समयानुकुल परिवर्तन गर्दै लैजान सकिने उल्लेख गरे ।

कार्कीले समाजवादलाई स्थापित गर्न हतियार नभई मानिसको साथ आवश्यक रहेको भन्दै सामाजवादका लागि सामाजिक आयाम बिना प्रजातान्त्रिक राजनीतिको अर्थ नहुने बताए ।

shares