Breaking News

पत्रकारिता पुरस्कारको रकम मुसहर वालवालिका पढ्ने विद्यालयलाई प्रदान

महोत्तरी,  २२ वैशाख  । महोत्तरीका युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले पुरस्कारवाट प्राप्त भएको १० हजार रुपैयाँ मुसहर वालवालिकाका लागि खर्च गर्ने घोषणा गरेका छन ।

वुधबार पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा आयोजित ‘शिक्षाविद् रामइकवाल सिंह शिक्षा पत्रकारिता पुरस्कार २०७३’ ग्रहण गरेपछि पत्रकार महतोले सो को घोषणा गरेका हुन ।

शिक्षा पत्रकारिताबाट प्राप्त भएको नगद ५ हजार र केहीदिन पहिले अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको १५ बार्षिककोत्सवमा पाएको ‘प्रमोसन’ अवार्डको नगद ५ हजार गरि जम्मा १० हजार रुपैयाँ धुर्मुस सुन्तलीले बनाएको एकिकृत नमुना मुसहर बस्ती बर्दिबासका बालबालिकाहरु अध्ययनरत जनता मावि बर्दिबासलाई दिने घोषणा गरेका छन् ।

विद्यालयमा निर्माणाधीन अवस्थामा रहेको विभिन्न पूर्वाधारहरु निर्माणका लागि सहयोग स्वरुप सो रकम दिने घोषणा गरेका पत्रकार महतोले बताए ।

४८ लाखको लागतमा जनता मावि वर्दिवासमा बालउद्यान, बगैंचा, पाकिंग स्थल, फाउण्टेन(झरना) जस्ता संरचनाहरुको निर्माण कार्य भइरहेको छ । मुसहर बस्ती र त्यहाँ पढ्ने अन्य बालबालिकाहरु लागि रमाइरमाई मनमोहक वातावरण बनाउन संरचनाहरु निर्माण भइरहेको जानकारी दिदै उनले नमुना विद्यालय बनाउन आर्थिकको लागि सवैसँग आग्रह गरेका छन ।
पत्रकार महतोले यसअघि पनि मुसहर बस्ती निर्माण गर्नका लागि १० हजार रुपैयाँ ऋण काढेर सहयोग गरेका थिए ।

shares