आजवाट उम्मेदरमाथि दावी विरोध र जाँचबुझ सुरु

काठमाण्डौ २० बैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत आज  मनोनयन दर्ता गरेका उम्मेदवार माथि दावी विरोधको समय छुट्याईएको छ ।

निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दावी विरोध गर्न सकिने छ । उम्मेदवारमाथि परेका उजुरीमाथि पनि आजैबाट जाँचबुझ सुरु हुँदैछ । भोली उम्मेदवारलाई नाम फिर्ताको समय दिएर अन्तिम नामावली प्रकाशन गरिनेछ । पर्सी आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ । अन्तिम नामावलीमा परेका उम्मेदवारले बैसाख २८ गतेसम्म प्रचारप्रसारका लागि समय पाउनेछन् । पहिलो चरणमा निर्वाचन हुने २ सय ८३ मध्ये २ सय ७८ स्थानीय तहको उम्मेदवार दर्ताको सूची केन्द्रमा प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

shares