October 20, 2017

एमनेष्टी इन्टरनेशनलकाे २६ अाैं साधारणसभा भोलिदेखि महेन्द्रनगरमा

काठमाण्डौ २६ असोज । एमनेष्टी इन्टरनेसनल (ए.आई.) को नेपाल शाखाको २६अाै‌ं वार्षिक साधारणसभा भाेलिबाट  कञ्चनपुरकाे महेन्द्रनगरमा सुरु हुदैछ ।

दुई दिनसम्म चल्ने उक्त साधारणसभाको  पुर्व प्रधानन्यायधीश शुशिला कार्कीले उदघाटन गर्नुहुनेछ । साधारणसभाको बन्द सत्रमा संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन एवं आगामी वर्षको योजना तथा बजेटका आलावा नेपालको वर्तमान मानव अधिकारको अवस्था सम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गरिने  एमनेष्टी इन्टरनेसनल नेपालद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ।

साधारणसभामा देशभरबाट ए.आई. नेपाल अन्तर्गत रहेका यस संस्थामा आवद्ध स्थानीय समूहका प्रतिनिधिहरु, नेसनल बोर्ड (राष्ट्रिय समिति) तथा पुनरावेदन समितिका पदाधिकारीहरु, पूर्व अध्यक्ष लगायतका पदाधिकारीहरु र नेसनल बोर्डद्वारा आमन्त्रित अतिथि गरी एक सय भन्दा बढीको उपस्थिति रहनेछ ।