October 20, 2017

व्यवसायीको सुरक्षा दिन सरकार प्रतिबद्ध छः गृहमन्त्री

काठमाण्डाै, २६ असाेज । गृहमन्त्री जनार्दन शर्माले व्यवसायीको सुरक्षा दिन सरकार प्रतिबद्ध रहेकाे बताएका छन् ।

अज्ञात समूहको गोली लागेर निधन भएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनलाई श्रद्धाञ्जली दिन पुगेका मन्त्री शर्माले साे कुरा बताएका हुन् । उनले मुलुकको बिकासमा निर्माण व्यवसायीहरुकाे भूमिका महत्वपूर्ण रहेको भन्दै सरकार व्यवसायीको सुरक्षा दिन कुनै कसर बाकि नराख्ने स्पष्ट पारे ।

मन्त्री शर्माले काठमाडौको सुरक्षा व्यबस्थालाई परिमार्जन गर्दे सरकार अघि बढ्ने धारणा पनि राखे । त्यस्तै उनले ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु भइसकेको भन्दै यसले सुरक्षा थप मजवुद हुने दाबी गरे ।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट गौचनको हत्या भएपछि आफुहरुको सुरक्षाका बिषयमा महासंघले प्रश्न उठाउदै आएको छ ।