Breaking News

इन्डोनेशियामा ‘सबैभन्दा वृद्ध मानिस’ को ‘१ सय ४६ वर्ष’ को उमेरमा निधन

काठमाण्डौ, १८ वैशाख । आफू १ सय ४६ वर्ष पुगेको दाबी गर्ने ‘सबैभन्दा लामो समयसम्म जीवित’ इन्डोनेशियाका नागरिकको आफ्नै गाउँ सेन्ट्रल जाभामा मृत्यु भएको छ ।

सोडीमेड्जो नाम गरेका व्यक्तिसँग भएको प्रमाण अनुसार उनको जन्म सन् १८७० मा भएको थियो । यद्दपि इन्डोनेशियामा सन् १९०० पछि मात्र जन्मको अभिलेख राख्ने कार्यको सुरुवात भएको थियो । यसअघि भने त्यस्ता अभिलेखहरु गलत हुने गरेको थियो ।

यसअघि १ सय २२ वर्षको उमेरमा मुत्यु भएकी फ्रान्सेली नागरिक जिएने काल्मेटलाई इतिहासमै सबैभन्दा लामो समयसम्म जीवित मानवको रुपमा लिइन्थ्याे ।

shares