Breaking News

शान्ति बाटिकामा ट्राफिक जनचेतनामूलक कार्यक्रम हुने

काठमाण्डौ, १८ वैशाख । उपत्यकामा लागू गरिएको ध्वनि निषेधको अनियानको साथै फुटपाथ, जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग नगर्ने पैदल यात्रुलाई कारबाहीको दायरामा ल्याउन मंगलबार रत्नपार्कस्थित शान्ति बाटिकामा विशेष जनचेतनामूलक कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिले शान्ति बाटिकामा सांगीतिक तथा जनचेतनामूलक कार्यक्रम गर्ने भएको हो । उक्त कार्यक्रम महानगरीय ट्रफिक महाशाखा अन्तर्गतको जनचेतना शाखाको सहकार्यमा गर्न लागिएको हो ।

कार्यक्रममा लोक दोहोरी गायक बद्री पंगेनीको पनि सहभागिता रहने प्रेस विज्ञप्तिमा बताइएको छ ।

shares