Breaking News

मतगणना तीव्र, परिणाम आउने क्रम जारी

काठमाण्डौ, १५ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेले ९२ स्थानमा अग्रता लिएको छ । यस्तै कांग्रेसले ८३ र माओवादी केन्द्रले २५ स्थानमा अग्रता लिएका छन् । ११ स्थानमा अन्य दल तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । मतदान सकिएलगत्तै मतपेटिका संकलन भएका स्थानीय तहहरुमा बुधबार नै मतगणना सुरु गरिएको हो भने केही स्थानीय तहको मतगणना आज सुरु गरिएको हो ।

प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा भएको मतदानको परिणाम तीव्र रूपमा आउन थालेको छ । झापा, सुनसरी, मोरङ, भोजपुर, संखुवासभा, रुपन्देही, कैलाली, बाजुरा, कञ्चनपुर, डोटी, बैतडीका स्थानीय तहमा मतगणना जारी छ । यसैगरी, पाँचथर, उदयपुर, बाँके, गुल्मी, सोलुखुम्बु, नवलपरासी, रोल्पा लगायतका जिल्लाका स्थानीय तहको मतगणना पनि जारी छ ।

यसैबीच बझाङको मष्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै भगवतीकुमारी बोहरा चुनिएकी छिन् । बझाङकै काँडा गाउँपालिकाको अध्यक्षमा राजेन्द्रबहादुर धामी र उपाध्यक्ष कल्पना बोहरा निर्वाचित भएकी छिन् ।

shares