Breaking News

राजनीति

अनसनरत जनयुद्धका घाइतेहरुको अवस्था गम्भिर बन्दै

काठमाडौं । निःशुल्क उपचारको माग गर्दै माइतिघर मण्डलामा चारदिनदेखि अनसनमा बसेका जनयुद्धका घाइतेहरुकाे अवस्था गम्भिर बन्दै गएकाे छ । अनसन बसेका ६ जनामध्ये मकवानपुरका मंगलसिंह प्रजा र बर्दियाका तिलाचन्द्र कामी बेहोस भएका छन् । चिसोले कठ्याङ्ग्रीएर प्रजा र कामी बेहोस भएका हुन् । बेहोस भएका उनीरुको उपचारमा कसैले पनि वास्था नगरेको अनसनरत कालीकोटका संग्राम कामीले […]

Read More

समर लभ’को पहिलो गीत सार्वजनिक

काठमाडौं । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउन ‘साया’ बोलको गीत सार्वजनिक गरैको हो । गीतमा आशिष पिया र रेवती क्षेत्री देखिएका छन् । सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम […]

Read More

कांग्रेसमाथि प्रधानमन्त्री ओलीकाे हमला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसमाथि राजनीतिक फायर खोलेर काठमाडौंमा भेला भएका देशभरका कांग्रेसका नेता कार्यकर्तालाई तर्साउन खोज्नुभएको छ । देशभरबाट काठमाडौंमा भेला भएका कांग्रेस कार्यकर्तालाई प्रधानमन्त्रीले नेकपा र सरकारमाथि हुने हमलाको प्रतिकार गर्ने आफ्नो योजना सुनाउनु भएको छ । दुई अध्यक्षबीचको एकतालाई तोड्न  प्रयास भैरहेको तर्फ संकेत गर्दै देशलाई समृद्ध बनाउन गरिएको दुई […]

Read More

कांग्रेस महासमितिकाे बन्द सत्रमा विभिन्न प्रतिबेदनहरु प्रस्तुत गरिदै

नेपाली कांग्रेसकाे महासमिति बैठककाे बन्द सत्रमा अाज विभिन्न प्रतिबेदनहरु प्रस्तुत हुँदैछन् । काठमाडौंकाे रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा जारी बन्दसत्रमा आर्थिक सांगठनिक, काेषाध्यक्षको प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत हुनेछन् । सबै प्रस्ताबमाथि प्रदेश अनुसार ७ समूहमा छलफल हुनेछन् । भाेलि समूहबाट अाएका निष्कर्षसहितकाे प्रस्ताबमाथि महासमिति बैठकमा सदस्यहरु धारणा राख्नेछन् । विधान संशाेधन प्रस्ताब पनि भाेलि […]

Read More

कांग्रेस महामन्त्री शशांक धर्म निरपेक्षताकाे विराेधमा

आफ्नै नेतृत्वको सरकारको पाला बनेको संविधानको स्वामित्व लिन कांग्रेसले न्वारानदेखिको बल लगाएको छ । तर, कांग्रेस महामन्त्री डा.शशांक कोइराला चाहिँ धर्मनिरपेक्षता हटाउन भरमग्दुर कोशिष गरिरहनु भएको छ । कांग्रेस महासमिति बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधनसहितका ५ प्रस्ताव पेश हुँदैछन । कांग्रेसको राजनीतिक प्रतिबेदन भन्छ-कांग्रेसकै नेतृत्वमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसी समानुपातिक प्रतिनिधित्व, मिश्रित […]

Read More

सरकारले राष्ट्रपतिलार्इ बुझायाे सुरक्षा प्रतिवेदन

सरकारले आन्तरिक सुरक्षा परिस्थिति र विश्लेषणसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदनमा नेपालका सुरक्षा चुनौतिको किटान गरिएको छ । प्रतिवेदनमा आतङ्कवाद, जलवायु परिवर्तन, आन्तरिक सुरक्षा चुनौती, विखण्डनकारी एवं सशस्त्र समूहका आपराधिक गतिविधि, शरणार्थी समस्या तथा क्षेत्रीय मुलुककबीचको तनावलाई नेपालको […]

Read More

 ‘देश टुक्र्याउन खाेज्ने सिके राउतसँग वार्ता हुँदैन’ : सरकारी वार्ता टाेलीका संयाेजक

काठमाडाैं ।विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी वार्ता टोलीका संयोजक पाण्डेले सीके राउतको टोलीसँग छलफल नगर्ने बताएका छन् । अलग देशको माग राजनीतिक नभई विखण्डनकारी भएकाले उनीहरुसँग वार्ता सम्भव नभएको उनले बताए । भूमिगत समूहलाई मुलधारको राजनीतिमा ल्याउन गठित सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले चार महिनाको अवधिमा २४ समूहलाई भेटेको छ । तर, वार्ता गर्न खाेजिएकाे […]

Read More

सरकारबाट साना किसानले लिएकाे ऋण मिनाहाकाे घाेषणा

सरकारले तत्कालीन साझा सहकारी संस्थाबाट साना किसानले लिएकाे ऋण मिनाहा गरेकाे छ । सोमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकका निर्णय चार दिनपछि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुल बाँस्काेटाले ६ सय जना साना किसानले तिर्नुपर्ने ऋणबापतकाे साढे २९ कराेड रुपैयाँ मिनाहा भएको जानकारी दिनुभयो ।  यस्तै सरकारले कपडा उद्योगीका लागि विशेष सहुलियत […]

Read More

पाल्पामा जीप दुर्घटना, ५ जनाको मृत्यु

पाल्पामा हिजाे बेलुकी भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।  लु १ ज २६५३ नम्बरको जीप पूर्वखोला गाउँपालिका २ को जलपा–बहादुरपुरको कच्ची सडकमा जीप दुर्घटनामा तीन दिनकाे बालकसहित चार जना घाइते भएका छन्। पाल्पाको पुर्वखोला–२ ओढारे भिरमा दुर्घटना हुँदा माथागढी गाउँपालिका–८ का ७१ वर्षीय रेवतबहादुर जिसी, ४१ वर्षीया बुमाकुमारी दर्लामी, ३२ वर्षीया यानिसरा […]

Read More

कांग्रेस महासमिति बैठक शनिबारदेखि बस्दै, प्रतिनिधिहरुकाे दर्ता अाज

नेपाली कांग्रेसको महासमिति बैठक अन्तरगत प्रतिनिधिहरुको दर्ता प्रक्रिया सुरु भएको छ । महासमिति बैठकको पहिलो दिन आज महासमितिमा सहभागि हुन अाएका प्रतिनिधिहरुकाे दर्ता भइरहेको छ । आज प्रतिनिधि दर्ता मात्रै हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा १ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन । महासमिति बैठकको उद्घाटन भने भोलि हुने छ […]

Read More