खेलकूद

सालभर नै चर्चामा रह्यो नेपाली खेलकुद

हिमालय टिभी
२०८१ चैत ३० गते २०:११
सालभर नै चर्चामा रह्यो नेपाली खेलकुद

काठमाडौं : २०७९/८० तिर सुनसान जस्तै देखिएको नेपाली खेलकुद २०८१ मा उत्साहजनक रह्यो। मैदानमा खेलाडीको जोश, निजी क्षेत्रको लगानी र फ्रेन्चाइज लिगको बहार आयो। क्रिकेट होस् या फुटबल, भलिबलदेखि कबड्डीसम्म, सबै खेलमा केही न केही नयाँ कुरा भयो। ऐरीको ६ छक्का, पलेशाको ऐतिहासिक पदक, फुटबल मैदानमा विदेशी सुपरस्टारको आगमनले खेलप्रेमी खुसी भए। तर, खेल संघभित्रको राजनीति, विवादित निर्वाचन, र राष्ट्रिय प्रतियोगिता पटक–पटक सर्ने जस्ता घटनाले खेलाडी र फ्यान दुवै निराश भए। २०८१ ले खेलकुदमा सम्भावना र समस्या
दुवैलाई उजागर गर्यो

क्रिकेट :

ऐरीको ६ छक्का, लिगको धमाका !
ओमानमा भएको एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग हारेर तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । तर, कतारविरुद्ध दीपेन्द्र ऐरीले एकै ओभरमा ६ छक्का हानेर नेपाली फ्यानहरुलाई झुमाए । यो कीतर्मानी गरेर उनी नेपालको पहिलो र विश्वको पाँचौं खेलाडी बन्न सफल भए ।

अर्को ऐतिहासिक कुरा – नेपाल १० वर्षपछि ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्न पुग्यो । जित्न सकेन तर दक्षिण अफ्रिकासँगको १ रनको हारपछि विश्व मिडियामा नेपालको चर्चा राम्रै भयो । सन्दीप लामिछानेले पनि हात खाली राखेनन् – बंगलादेशविरुद्ध दुई विकेट लिएर टी ट्वेन्टी आईमा एक सय विकेट पूरा गरे । अनि, आईसीसीले नेपाललाई डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड दियो, यसले नेपालका फ्यान कति जोडिएका छन् टिमसँग भन्ने कुरालाई उजागर गर्योज । घरेलु लिगको कुरा गर्दा, यो वर्ष पहिलो नेपाल प्रिमियर लिग एनपीएल भयो । यो नै सबैभन्दा ठूलो घरेलु क्रिकेट इभेन्ट बन्यो । जनकपुर बोल्ट्सले फाइनल जित्दा भारतीय स्टार शिखर धवनले कर्णाली याक्सबाट खेले भने ब्रायन लारा खेल हेर्न नेपाल आए । विश्वकप र एसिया कपमा नेपाललाई पुर्याधउन सफल प्रशिक्षक मोन्टी देशाईलाई बिदाई गर्दै क्यानले नयाँ प्रशिक्षकमा अष्ट्रेलियन स्टुअर्ट ल लाई अनुबन्ध गर्यो ।

फुटबल : रंगशालाको गडबडी र विदेशको खेल

फुटबलको कुरा गर्दा, पहिलो झट्का त दशरथ रंगशालाले नै दियो । एएफसीले ‘फिट’ नठानेपछि होम गेमहरु विदेशमा खेल्नुपर्योा। त्यहाँ पनि नतिजा खासै राम्रो आएन । तर, कप्तान किरण चेम्जोङले भने अर्को कीर्तिमान राखे – एक सयौ अन्तर्राष्ट्रिय खेल खेलेर राष्ट्रिय फुटबलको इतिहासमा सुनौलो अक्षर थपे । सिंगापुरलाई पहिलोपटक र अफगानिस्तानलाई १३ वर्षपछि हराउनु पनि सम्झनलायक क्षणहरू थिए । महिला फुटबल पनि चर्चामा रह्यो – घरेलु मैदानमा भएको साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल पुग्यो । तर बंगलादेशसँग हार्दै फेरी पनि उपविजेता – अभागीको संज्ञा पाउने क्रम कायमै ! अर्को उल्लेखनीय कुरा – जापानी सुपरस्टार केसुके होन्डा पारो एफसीबाट नेपाल आए, अनि गोलकिपर जियानलुजी बुफोन केपी ओली कपमा प्रमुख अतिथि बने । लिग भने अझै अस्तव्यस्त छ – ए डिभिजन भएन, बी डिभिजन बल्ल भयो ।

भलिबल : फ्रेन्चाइजको बहार र उपाधिको वर्ष

भलिबलमा भने राम्रो उभार आयो । महिला बिच भलिबल टोलीले काभा च्याम्पियनसिप जित्न सफल भयो । पुरुषतर्फ उपविजेता भए । नेपाल पुलिस क्लबले पनि काभा महिला क्लब च्याम्पियनसिपमा उज्वेकिस्तानको टिमलाई हराउँदै उपाधि जित्यो । यस्तो जीतले महिला टोलीको आत्मविश्वास बढायो भन्नेमा दुईमत छैन । फ्रेन्चाइज तर्फ एभरेस्ट वुमन्स लिग र नेपाल भलिबल लिग जस्तो आकर्षक प्रतियोगिता सुरु हुनु पनि ठूलो उपलब्धि नै हो ।

कबड्डी : नेपालकै उत्कृष्ट प्रदर्शन

नेपालले बंगबन्धु कपमा उपविजेता बनेर इतिहास रच्यो – अहिलेसम्मकै उत्कृष्ट नतिजा ! महिला टोलीले इरानमा कांस्य जितेर गर्विलो उपलब्धि हात पार्योह । यस्तै जनकपुरले पहिलो नेपाल कबड्डी लिगको उपाधि उचाल्यो ।

तेक्वान्दो र कराते : पलेशा र एरिकाको चमक

पारा तेक्वान्दोमा पलेशा गोबर्धनले ऐतिहासिक कांस्य जितेर सबैको मन जितिन् । उनी पेरिस पारा ओलम्पिकमा पदक जित्ने नेपालकी पहिलो खेलाडी बनिन् – सलाम छ ! करातेमा एरिका गुरुङले एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत जितिन् । नेपालको तर्फबाट यस्तो उपलब्धि यो प्रतियोगितामा पहिलो हो ।

खो खो : उपविजेता भए पनि मन जित्ने प्रयास

भारतमा भएको पहिलो खो खो विश्वकपमा नेपाल महिला र पुरुष दुवै उपविजेता बने । हार भए पनि मन जित्ने खेल प्रदर्शन देखियो ।

पुरस्कार र बजेट

एनएसजेएफ स्पोर्ट्स अवार्डमा एरिका गुरुङ (महिला) र क्रिकेटर रोहित पौडेल (पुरुष) वर्ष उत्कृष्ट खेलाडी घोषित भए ।यस वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट ३ अर्ब ५० करोड पुग्यो – पहिलेभन्दा बढि, तर प्रयोग कत्तिको प्रभावकारी भयो त ? राजनीतिक रूपमा भने विवादको वर्ष रह्यो । नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठ फेरि अध्यक्ष बने, तर चुनावकै वैधता विवादित रह्यो । १० औं राष्ट्रिय खेलकुद पनि पटक–पटक सर्योर । खेलाडीहरु प्रतियोगिता नहुने, तालिम रोकिने, संघमा असन्तुलन हुने समस्याले निराश भए ।

२०८१ मा नेपाली खेलकुदमा खेलाडीको जोश, निजी क्षेत्रको विश्वास, र फ्यानको साथ प्रशंसा योग्य रह्यो । तर, त्यसैको उल्टो – संघभित्रको स्वार्थ, पूर्वाधारको अभाव, र राजनीतिक चलखेलले केही खेलाडी विदेश भासिए । अब २०८२ मा आशा गरौं – मैदानमा मात्रै हैन, बोर्डरुममा पनि प्रतिस्पर्धा होस्, तर सकारात्मक । अनि खेलाडीको पसिना, सपना र सम्मान – तीनै चीजको कदर होस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *