Main News

बागमती प्रदेशका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

हिमालय टिभी
२०८० मंसिर १७ गते १३:०७
बागमती प्रदेशका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

१७ मंसिर २०८० काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नु भएको छ ।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नु भएको हो।

बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका हुनेछ । केहीबेरमा बस्ने बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ ।

प्रदेश सरकार गत असारमा बजेट कार्यक्रम पारित गर्दाको चरणमा प्रतिपक्ष दलहरूसँग गरेको सहमतिका कारण दबाबमा छ । बजेट पारित भएपछि पनि सम्झौताका कारण गत भदौ र असोजमा बजेको प्रदेशसभा बैठकहरू समेत अवरुद्ध बनेको थियो ।

असोज १४ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक सोही सम्झौताका कारण अवरुद्ध बनेको थियो ।सदन सञ्चालनका लागि विपक्षीको मागका विषयमा सरकार सकारात्मक रहेको बताउँदै आए पनि सहमति कार्यान्वयनको चरणमा नगएसम्म सदन चल्न नदिने उनीहरुको अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *