क्यान्सरकाे सबैभन्दा ठूलाे औषधि- ‘आत्मविश्वास’ ( भिडियाेसहित)

कमला गुरुङ

काठमाडाैं । क्यान्सर आफैमा घातक राेग हाे । क्यान्सर लाग्ने बितिकै मृत्यु हुन्छ भन्ने धेरैलाई लाग्छ । क्यान्सरबाट बच्न सही उपचार आवश्यक त छदैछ । सबैभन्दा ठूलाे औषधि आत्मविश्वास हाे । अभिनेत्री मनिषा काेइराला यसकाे गतिलाे उदाहरण हुनुहुन्छ ।

कुनै बेला क्यान्सरले थलिएकी अभिनेत्री मनिषा कोइराला अहिले क्यान्सर पीडितका लागि प्रेरणा बन्नुभएको छ । क्यान्सरजस्तो घातक रोगलाई जितेर मनिषाले नयाँ जीवन थालेको ६ वर्ष भइसक्यो । यो बीचमा भागेका उतारचढाव, संघर्ष समेटेर उहाँले पुस्तकनै लेख्नुभयो ।

अभिनेत्री कोइरालालाई पाठेघरको क्यान्सर थियो । जुन अन्तिम चरणमा पुगेको थियो । तर मनिषाले डटेर सामना गर्दै क्यान्सरमाथि जित हासिल गर्नुभयो । आत्मविश्वास भए क्यान्सरलाई जित्न सकिने चिकित्सक बताउँछन् ।

क्यान्सर आफैमा घातक रोग हो तर क्यान्सर लाग्ने बित्तिकै जीवन समाप्त हुन्छ भन्ने छैन । सही समयमा सही ढ‌ंले उपचार गरे यसको जोखिमबाट बच्न सकिन्छ ।

हेर्नुहाेस् भिडियाे

shares