राजावादी समूहद्वारा हिमालय टेलिभिजनको गाडी तोडफोड, पत्रकार घाइते

काठमाडौं : राजावादी समूहका प्रदर्शनकारीहरुले हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन्।
समाचार संकलनका लागि सिनामंगल क्षेत्रमा खटिएको बेला बा १९ च ८९६३ नम्बरको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । आक्रमणबाट गाडीको अगाडि र पछाडिको सिसा फुटेको छ।
आक्रमणबाट पत्रकार समीर जोशी र भिडियो ग्राफर मिलन प्रजापति र चालक रामराजा सापकोटा सिसाका टुक्रा लागेर घाइते भएका छन्। उनीहरुको शरिरका विभिन्न भागमा सीसाका टुक्रा लागेको छ।
मिडियामाथि भएको आक्रमणको हिमालय टेलिभिजन परिवारले खेद प्रकट गरेको छ। यस्तै पत्रकार महासंघले यसबारे खेद प्रकट गरेको छ। महासचिव रामप्रसाद दाहालले प्रेसमाथिको आक्रमण निन्दनिय भएको भन्दै छानबिन गर्न सरकारसँग जोडदार माग गर्नु भएको छ।
प्रदर्शनकारीले आजै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा पनि आक्रमण गरेका छन्।
प्रतिक्रिया