पूर्वराजालाई किन सधैं ‘रिटायर्ड’ पात्र चाहिन्छ ?

काठमाडौं : २०६१ सालमा राजा ज्ञानेन्द्रले ‘म देश बनाउँछु’ भन्दै सत्ता हत्याउनुभयो, अनि सरकार चलाउन श्रीलंकाबाट तुलसी गिरी झिकाइयो। परिणाम के भयो ? उल्टै राजतन्त्रै सकियो !
अब १७ वर्षपछि उहाँ फेरि राजतन्त्र फर्काउने सपना देख्दै हुनुहुन्छ, तर पात्र उही खाले – बेल्जियममा रमाइरहेका ८६ वर्षीय नवराज सुवेदी ! देशमै रहेका राजावादीलाई छाडेर पूर्वराजा शाह फेरि वृद्धलाई अगुवा बनाउन तम्सिनुभएको छ । इतिहासले देखाइसक्यो – ‘पुरानो सोच र पुरानै अनुहारहरूबाट केही बदलिँदैन’ । तर, पूर्वराजालाई न त नयाँ सोच चाहिन्छ, न त नयाँ पुस्ता ! गणतन्त्र बलियो हुँदै गर्दा, एक वृद्धलाई अगुवा बनाएर राजतन्त्र फर्काउने खेल, अन्ततः तुलसी गिरीको नियति हुने पक्का छ । PKG
(२०६१ माघ १९ को काण्ड सम्झनुहुन्छ ? राजा ज्ञानेन्द्रले ‘म देश बनाउँछु’ भन्दै सत्ता हत्याउनुभयो। संसद् भंग गर्नुभयो, नेताहरूलाई जेल हाल्न थाल्ने र प्रेसमाथि प्रतिबन्ध लगाइयो । )
अनि, सरकार चलाउन – तुलसी गिरी र कीर्तिनिधि विष्टजस्ता पुराना पात्रहरू ल्याइयो, जो नेपाली राजनीति छोडेर आफ्नो निजी जीवन बिताइरहेका थिए । तुलसी गिरी त झन् नेपाल छाडेर श्रीलंकामा रमाइरहेका थिए । २०४७ पछि उनले राजनीति छोडे, नेपालमै आएनन् । तर,
(ज्ञानेन्द्रलाई लाग्यो –
पुराना पञ्चहरूले देश बनाइदिन्छन् ।) परिणाम के भयो ? देशभरि उथलपुथल मच्चियो, दोस्रो जनआन्दोलन चर्कियो, राजतन्त्र सदाका लागि समाप्त भयो । अब १७ वर्षपछि ज्ञानेन्द्र फेरि राजतन्त्र फर्काउने सपना देख्दै छन् । तर, अहिले पनि पात्र उस्तै प्रवृत्तिका छन् – नवराज सुवेदी !
(पहिले तुलसी गिरी, अहिले नवराज सुवेदी ! के फेरि उही गल्ती ?_
(नवराज सुवेदी को हुन् ? ८६ वर्षको वृद्ध, जो नेपालभन्दा बढी बेल्जियममा बस्छन् । उनले बेल्जियमको नागरिकता नै लिइसकेका छन् । नेपालको राजनीतिमा उनको कुनै प्रभाव छैन, न कुनै ठूलो संगठन छ ।)
तर, पूर्वराजा शाह फेरि उही पुराना पात्र खोज्दै हुनुहुन्छ। सुवेदी र ज्ञानेन्द्रको सम्बन्ध पनि त्यति राम्रो थिएन ।
(सुवेदीकै आत्मवृत्तान्त हेर्नुहोस, उनले लेखेका छन् – श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध शुरु देखि नै राम्रो भएन। पछि राजा हुँदा पनि राम्रो भएन।)
अब सोच्नुस्, जसलाई राम्रो मान्दैनथे, त्यही मान्छेलाई राजतन्त्र फर्काउने अभियानको अगुवा बनाउन किन पर्यो ?
पूर्वराजालाई किन सधैं ‘रिटायर्ड’ पात्र चाहिन्छ ?
(२०६१ मा पूर्वराजाले तुलसी गिरीलाई ल्याउनुभयो अहिले नवराज सुवेदीलाई अघि सार्नुभएको छ ।)
नेपालका राजावादीहरूले १७ वर्षदेखि राजतन्त्र फर्काउन संघर्ष गरिरहेका छन् भन्ने उनीहरूको दाबी छ । दुर्गा प्रसाईंदेखि कमल थापा, ज्ञानेन्द्र शाहीदेखि राजेन्द्र लिङ्देनसम्मले आफूलाई राजतन्त्रकै योद्धा भन्दै आएका छन् । तर, जब ‘राजतन्त्र पुनःस्थापना गर्ने अभियान’ को घोषणा गर्नुपर्योू, पूर्वराजाले उनीहरूलाई छाडेर बेल्जियम बसेका एक वृद्धलाई प्रमुख बनाए ।
किन ?
(किनभने पूर्वराजा शाहको सोच पुरानै छ । उहाँलाई लाग्छ – ‘राजतन्त्र भनेको ठेट पञ्चायती स्टाइलमै फर्किनुपर्छ ।’ तर, उहाँले बिर्सिरहनुभएको छ – पञ्चायत किन ढल्यो ? राजतन्त्र किन ढल्यो ?)
(नवराज सुवेदी नै किन ?
यो प्रश्नको उत्तर सजिलो छ – किनभने पूर्वराजा शाहलाई सधैं उही प्रवृत्तिका मान्छे चाहिन्छन्, जसले कुनै नयाँ विचार ल्याउँदैनन्, जसले राजतन्त्रलाई सुधार गर्न सक्दैनन्, जसले अन्धभक्त भएर ‘हो महाराज’ भनेर टाउको हल्लाइदिन्छन् । )
तुलसी गिरी पनि त्यही प्रवृत्तिका थिए । राजाले बोलाएपछि श्रीलंकाबाट अहिले सुवेदी पनि बेल्जियमबाट उतारिए । तर, इतिहासले के देखायो ?
तुलसी गिरी आएपछि राजतन्त्र झन् छिटो ढल्यो । के नवराज सुवेदी आएपछि राजतन्त्र फर्किन्छ ? नेपालमा गणतन्त्रको जग बलियो बनिसकेको छ । संविधान, संसद्, सरकार सबै गणतन्त्रकै पक्षमा छन् । २०६२/६३ मा राजतन्त्र ढल्दा जोशिला युवाहरू आन्दोलनमा थिए, अहिले तिनीहरू समाजका निर्णायक तहमा छन् । त्यसैले सडकमा केही सय मान्छे उतार्दैमा राजतन्त्र फर्किन्छ भन्ने कुरा हास्यास्पद मात्र होइन, दिवास्वप्न हो ।
(पूर्वराजालाई अहिले लाग्न सक्छ – ‘मैले सुरुवात गरे, म फर्किन्छु ।’ )
तर, वास्तविकता के छ भने, उहाँ फेरि उही गल्ती गर्दैहुनुहुन्छ, जुन उहाँले २०६१ माघ १९ मा गर्नुभएको थियो ।
पूर्वराजाले सोच्नुपर्छ पहिले तुलसी गिरी ल्याउँदा के भयो ? अहिले नवराज सुवेदी ल्याउँदा के हुनेछ ? उत्तर उही हुनेछ – राजतन्त्र फर्काउने सपना झन् टाढिन्छ ।
प्रतिक्रिया