खेलकूद

नेपाली महिला क्रिकेट : नतिजाको त आश मात्रै

हिमालय टिभी
२०८१ फागुन ३० गते २०:०३
नेपाली महिला क्रिकेट : नतिजाको त आश मात्रै

काठमाडौं : युगाण्डामा जारी वुमेन्स डे कप ट्वेन्टी ट्वेन्टी सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङकलाई ६ विकेटले हरायो।

तर यसअघिनै तालिकाको पुछारमा रहँदै फाइनल दौडबाट बाहिरीसकेको नेपालका लागि यो सान्त्वना जितमात्र रह्यो।

गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक महिला ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा खराब प्रदर्शन गरेको नेपाली टोलीले अझै लय समाउन सकेको छैन्।

नेपाली महिला क्रिकेट टोलीको खराब लय युगाण्डामा पनि तोडिन सकेन। कमजोर प्रदर्शन कायमै रहँदा युगाण्डामा खेलेका ६ खेलमा नेपाल ४ खेलमा पराजित भयो।

आफ्ना पछिल्ला १५ खेलमा नेपालले १३ मा हार ब्यहोरेको छ। यहि सिरिजमा घरेलु टोलीलाई १ विकेट र अन्तिम खेलमा शुक्रबार हङकङलाई ६ विकेटले हराउनु नै नेपालको सफलता बन्यो।

सिरिजको पहिलो खेलमा नामिबियासँग डिएल मेथडमा हारेको नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई हरायो। त्यसपछिका खेलमा हङकङकसँग २ रन, नामिबियासँग २३ रन र घरेलु टोली युगाण्डासँग ४० रनले हारेको नेपालले लिग चरणको अन्तिम खेलमा हङकङलाई हरायो। यसअघिनै फाइनल दौडबाट बाहिरिसकेको नेपालका लागि यो सान्त्वना जितमात्र रह्यो। तर समग्र प्रदर्शन भने सन्तोषजनक रहेन ।

पछिल्ला खेलमा देखिएका कमजोरी सच्याउँदै उपाधि जित्ने लक्ष्यसहित युगाण्डा पुगेको नेपाल तालिकाको पुछारमा रहँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ ।

नेपालको हारमा मुख्य कमजोरी फितलो ओपनिङ रह्यो । अन्तिम खेल बाहेक बाँकी ५ खेलमा नेपालले ओपनरबाट उत्कृष्ट सुरुवातनै पाउन सकेन ।

पहिलो विकेटका लागि अन्तिम खेलमा सम्झना खड्का र कप्तान इन्दु बर्माले ५३ रनको साझेदारी बनाउँदा सबै खेलमा नेपालको सुरुवात फितलो रह्यो । सुरुवातीक्रमका ब्याटरले जिम्मेवारपूर्ण ब्याटिङ गर्दै ठूलो स्कोरको आधार खडा गर्न नसक्दा मध्येक्रममा त्यसको असर देखियो ।

ब्याटिङ अर्डरमा प्रयोग

अघिल्ला सिरिजमा भन्दा केहि सुधार देखिए पनि ब्याटिङ क्रम परिवर्तन हुँदा मैदानमा त्यसको प्रभाव देखिन्छ । प्रशिक्षकले सम्झनालाई ओपनिङमा निरन्तरता दिँदा अर्को एण्डमा रुविना क्षेत्री, सना प्रविन र इन्दुलाई प्रयोगमा ल्याए । अन्तिम खेलमा इन्दुले ओपनिङमा सन्तुलित प्रदर्शन गर्दा डेब्युटान सनाको व्यक्तिगत प्रदर्शन तारिफ योग्य रह्यो। निश्चित ब्याटिङक्रम नहुँदा रनिङ बिट्विन द विकेटमा समेत तालमेलको अभाव देखियो ।

अनुभवी खेलाडी चल्न नसक्नु

टोलीका पूर्व कप्तान समेत रहेकी रुविना क्षेत्री नेपालकी भरपर्दो ब्याटर हुन । तर उनी यो सिरिजमा चल्न सकेकी छैनन् । त्यस्तै, कप्तान इन्दु बर्माको प्रदर्शन पनि स्थिर छैन् । कविता जोशी र बिन्दु रावलबाट पनि अपेक्षाकृत प्रदर्शन हुन सकेको छैन ।

सुधारिएको बलिङ र फिल्डिङ

अघिल्लो सिरिजमा भन्दा नेपालको फिल्डिङ यस पटक सुधारिएको देखियो । इन्दु र इश्वरी विष्टले ८–८ विकेट लिँदा पुजा महतोले बलिङ राम्रै गरे पनि ब्याटिङ चल्न सकेन । तर इश्वरी जारी सिरिजमा महँगो साबित बन्दा टोलीको नतिजामा समेत त्यसको प्रभाव परेको छ ।

फिल्डिङमा इन्दुले ६, सम्झनाले ४ र रुविनाले ३ क्याच लिँदै सुधारिएको संकेत गरेका छन् । अन्तिम खेलमा मात्रै मौका पाएकी राजमती ऐरीले आफूलाई प्रमाणित गर्ने कोशिस गरिन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *