Political Hightlights

रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले छाडे एमाले

हिमालय टिभी
२०८१ फागुन २४ गते २०:०४
रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले छाडे एमाले

काठमाडौं : संविधानसभा सदस्य एवं नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले एमाले त्यागेको घोषणा गर्नुभएको छ ।

हिमालय टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा अध्यक्ष ढकालले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक-पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ ।

आफुमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ । आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गर्नुभएको छ।

ढकाल २०७० को संविधानसभा सदस्यमा रसुवाबाट निर्वाचित हुनुभएको थियो । तत्कालीन नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएका ढकाल पछिल्लो पटक रसुवा अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *