Main News

प्रचण्डबाट रातो टीका लागएर ‘लालसलाम’ भन्दै राजनीतिमा छिरेकी रेखा उनैलाई गाली गर्दै

हिमालय टिभी
२०८१ फागुन २१ गते १८:५०
प्रचण्डबाट रातो टीका लागएर ‘लालसलाम’ भन्दै राजनीतिमा छिरेकी रेखा उनैलाई गाली गर्दै

काठमाडौं : रेखा थापा र राजनीति— गज्जबको कम्बो मानिन्छ । एक समय माओवादी अध्यक्ष प्रचण्डसँगै लालुपाते नुग्यो भुइँतिरमा स्टेज शेयर गर्ने रेखा, आज त्यही माओवादीलाई घोच्ने स्टाटस लेखिरहनुभएको छ ।

राजनीति पनि कस्तो रमाइलो? सिनेमा जस्तै ट्विस्ट एन्ड टर्न? कुनै बेला प्रचण्डकै हातबाट टीका लगाएर क्रान्तिकारीु बन्नुभएकी थापा, अहिले ‘राष्ट्रवाद’ को गीत गाइरहनुभएको छ । माओवादीको आमहड्तालमा जुलुसको पहिलो लाइनमा देखिएकी अभिनेत्री अहिले भने त्यही पार्टीलाई ‘सत्ता बाहिर बस्न नसक्ने’ भन्दै व्यंग्य गरिरहनुभएको छ ।

रेखा थापा । नेपाली सिने जगतमा एकछत्र राज गर्ने, स्टेजमै प्रचण्डलाई नचाउने, आन्दोलनका जुलुसमा कम्मर मर्काउने, त्यसैलाई आधार मानेर राजनीतिमा भित्र्याइएकी अभिनेत्री । एक समय माओवादीको पोस्टर गर्लजस्ती लाग्ने उहाँ, आज भने उही पार्टीलाई व्यंग्य हानेर स्टाटस लेखिरहनुभएको छ ।

सुनको चर्पी बनाउने भनेर सत्ता चढेको होइन र ? भन्दै थापाले माओवादी नेतृत्वलाई नै चुनौती दिनुभएको छ । उहाँ कता–कता व्यंग्य गरिरहनुभएको छ । तर प्रश्न यहाँ गहिरो छ— कुनै समय जसको हातबाट टीका थापेर लालसलाम गर्नुभयो, आज तिनैलाई उहाँले सिधै कटाक्ष हान्नुको कारण के होला ?

माओवादीसँग जोडिएको रेखा सम्बन्ध

रेखाले सिने क्षेत्रमा जमेको बेला उहाँलाई ‘राजनीतिक क्रेज’ पनि चाहिएको थियो। मोरङकी अभिनेत्रीले जब प्रचण्डसँग ‘लालुपाते नुग्यो भुइँतिरू गीतमा नाचेको सायदैले बिर्सिएका होलान् । कटवाल प्रकरणपछि माओवादीले गरेको ६ दिने आमहड्तालमा सिंहदरबारअगाडि उहाँले प्रचण्डसँगै नाच्दै आन्दोलनलाई रंगीन बनाउनुभएको थियो ।

समय बद्लिंदै गयो, माओवादीको प्रभाव खस्किंदै गयो, तर रेखाको राजनीतिक रहर भने उस्तै रह्यो। त्यसैले होला, उहाँ बाबुराम भट्टराईको नयाँशक्ति पार्टीतिर जाने चर्चा चलेको थियो। तर, उहाँले त्यसलाई छाडेर सिधै पुरानो शक्ति—राप्रपा रोज्नुभयो ।

किन बदलियो रेखाको रंग ?

एक समय ज्यानै दिने जस्तो गरेको माया, सत्ता बाहिर परेपछि झनै नफाप्ने रै’छ। माओवादी नेतृत्वले ‘स्वर्ण युग’ ल्याउने सपना बाँड्दै गर्दा, आफैं भोगाइबाट गुज्रिएकी रेखा अहिले प्रचण्डलाई सीधै प्रश्न गर्दै— ुफेरि पुराना आधार इलाका खोज्दै मधेस झरेका कामरेडहरू, सत्ता बाहिर बस्न पर्दाको पिडा यति छरुु भनिरहनुभएको छ ।

रेखा अहिले राप्रपामा हुनुहुन्छ। एक समय ुक्रान्तिकारीु बनेकी रेखा, अब ुराष्ट्रियताु को गीत गाइरहनुभएको छ । कुनै बेला प्रचण्डकै हातबाट टीका लगाएर संसद जाने सपना देख्नुभएकी अभिनेत्री आज प्रचण्डलाई घोचपेच गर्दै स्टाटस लेखिरहनुभएको छ । रेखाको राजनीतिक यात्रा एक चलचित्रजस्तै छ— नाटकीय मोडहरू, अप्रत्याशित ट्विस्टहरू अनि अभिनयकै भरमा दर्शक तान्ने शैली१ माओवादीले देशभर आन्दोलन चर्काएको बेला उहाँ स्टेजमा उभिएर नाच्नुभयो। बाबुराम प्रधानमन्त्री हुँदा फिल्म विकास बोर्डको अध्यक्ष बन्न दगर्नुभयो। तर नपाएपछि राप्रपा प्रवेश गरेको हल्ला चल्दै आएको छ । आज उहाँ खुल्ला रूपमा माओवादीलाई कटाक्ष गरिरहनुभएको छ । प्रचण्डलाई ‘नयाँ युग ल्याउने’ भनेर साथ दिनुभएकी उहाँ अहिले किन ूसत्ता बाहिर बस्नै नसक्ने बानी पर्‍योु भन्दै प्रचण्डलाई प्रश्न गरिहनुभएको छ । सायद राजनीति भनेको यही होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *