मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएपछि बसमा आगजनी

९ पुस २०८० सिन्धुली । बीपी राजमार्गमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका छन् ।
सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा आज भएको दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ तुवाचुङ नपा–२ का २० वर्षीय सुशन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको अरनिको बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्थानीय एवं अन्य सवारीका यात्रुले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् ।
राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सवारी साधनको बोहोरेटारमा लर्को लागेको छ । बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया