इजरायली सेनाले गाजास्थित शिविरमा आक्रमण गर्दा एक सय बढीको मृत्यु

२ पुस २०८० गाजा । इजरायली सेनाले गाजास्थित शरणार्थी शिविरहरुमा गरेका आक्रमणमा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ ।
जबलिया शरणार्थी शिविरमा ९० र नुशेइरात शरणार्थी शिविरमा गरिएको बमबारीमा १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् ।
हमासका लडाकुले शरण लिएको आशंकामा इजरायलले गाजाका अस्पतालहरूमा पनि लगातार आक्रमण गरिरहेको छ । दक्षिणी गाजामा रहेको नासेर अस्पतालको प्रसूति वार्डमा गरिएको आक्रमणमा कम्तीमा एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
विश्व स्वास्थ्य संगठनले गाजाको अल शिफा अस्पतालको विनाशलाई भयानक भनेको छ। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायलले अलको आवासीय स्क्वायरमा आक्रमण गरेपछि दर्जनौं घाइते वा बेपत्ता भएका छन्।
इजरायली बमबारीबाट गाजा पट्टीका अधिकांश क्षेत्रहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसंघले आधारभूत आवश्यकताको आपूर्तिको व्यापक अभावका बीच गाजामा मानवीय संकट थप गहिरिंदै जाने चेतावनी दिएको छ।
प्रतिक्रिया