आर्थिक
सुनको भाउले गर्यो रेकर्ड कायम
२०८० मंसिर १७ गते १३:०५

१७ मंसिर २०८० काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आज एकै दिन १ हजार ८ सय रुपैयाँले बढेको हो ।
यसअघि बिहीबार सुन तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ ।
आज प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । शुक्रबारको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।
प्रतिक्रिया