खेलकूद

इङ्ग्ल्याण्डविरुद्ध सहज जित निकाल्दै भारत विश्वकप क्रिकेटको शीर्ष स्थानमा

हिमालय टिभी
२०८० कार्तिक १३ गते १०:३०
इङ्ग्ल्याण्डविरुद्ध सहज जित निकाल्दै भारत विश्वकप क्रिकेटको शीर्ष स्थानमा

१३ कात्तिक २०८० काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डमाथि सहज जित निकाल्दै आयोजक भारत शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति लखनउमा भएको खेलमा इङ्ल्याण्ड एक सय रनले पराजित भएको हो । २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३४ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि लियम लिभिङ्गस्टोले सर्वाधिक २७ रन जोडे ।

भारतका मोहम्मद शामीले चार विकेट लिए । जसप्रित बुमराहले तीन विकेट लिँदा कुलदिप यादवले दुई र रविन्द्र जडेजाले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रनको योगदान गरे । इङ्ल्यान्डका लागि डेविड विलीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै क्रिस वोक्स र आदिल राशिदले समान दुई र मार्क उडले एक विकेट लिए ।

जितसँगै भारतले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ । इङ्ल्यान्ड ६ खेलमा २ अंक जोडेर पुछारमा छ । प्रतियोगिता अन्तर्गत आज बंगलादेश र श्रीलंका भिड्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *