बिशेष

नेपाल-चीनद्वारा १३ बुँदे संयुक्त वक्तव्य जारी

उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति

हिमालय टिभी
२०८० असोज ९ गते १३:०७
नेपाल-चीनद्वारा १३ बुँदे संयुक्त वक्तव्य जारी

९ असोज २०८० काठमाडौं । नेपाल र चीनबीच भएका समझदारीको १३ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति र समझदारीबारे दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । आज जारी वक्तव्यमा रेलमार्गको संभाव्यता अध्ययनदेखि विद्युत प्रशारण लाइन निर्माण, नाका खोल्नेलगायत विषय छन् ।

चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि नेपाली पक्षको आग्रह स्वीकार गर्दै व्यवसायिक शर्तमा उपकरण वा प्रविधि उपलब्ध गराउन चीन सकारात्मक भएको छ । दुई देशबीच केरुङ(रसुवागढी(चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो शुरु गर्ने सहमति भएको छ ।

केरुङ(चिलिमे प्रसारण लाइन बनाउन दुई देशबीच पाँच वर्ष अघि नै अध्ययन शुरु भए पनि थप प्रगति अघि बढेको थिएन ।

त्यस्तै जिलोङरकेरुङ(काठमाडौं क्रस बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै नेपाल रेल्वे सहयोगसम्बन्धी आठौं कार्य बैठक यथाशीघ्र आयोजना गर्न चीन सहमत भएको छ । चीनले यसअघि बन्द रहेका दुई देशबीचका नाकाहरु खोल्न पनि सहमति जनाएको छ।

दुई देशबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति पनि भएको छ । नेपालले एक चीन नीतीप्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउँदै ताइवानको स्वतन्त्रताविरुद्धमा रहेको प्रष्ट पारेको छ ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच हिजो बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि १३ बुँदे समझदारीमा हस्ताक्षर भएपनि संयुक्त व्यक्तव्य जारी भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *