विदेश
इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी
२०८० साउन ९ गते १३:२२

९ साउन २०८० इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
तहरीक–ए–इन्साफ, पीटीआईका अध्यक्षसमेत रहेका खानविरुद्ध निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो ।
आयोगले इस्लामाबाद प्रहरीलाई आजै पक्राउ गरी पेश गर्न निर्देशन दिएको पाकिस्तानको समाचार एजेन्सी डनले जनाएको छ ।
निर्वाचन आयोगले पहिलेको सूचना र जमानती वारेन्टलाई अवहेलना गरी उपस्थित नभएको आरोप लगाएको छ । खानले आयोगविरुद्ध अभद्र भाषा प्रयोग गरी अवहेलना गरेको आरोप छ।
गत वर्ष अप्रिलमा विश्वासको मत नपाएपछि खान प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । उनीविरुद्ध आतंकवादसहित १५० भन्दा बढी मुद्दा लगाइएको
प्रतिक्रिया