विदेश
फ्रान्सले जर्मनीलाई पठायो ग्यास
२०७९ असोज २८ गते ९:३८

२८ असोज २०७९ फ्रान्स । फ्रान्सले बढ्दो ऊर्जा दबाबका बीच युरोपियन एकतामा पहिलो पटक जर्मनीलाई ग्यास पठाएको छ ।
पाइपलाइन मार्फत वितरण गरिएको ग्यास, रुसले युरोपमा बन्द गरेपछि गत महिना, ऊर्जा एकता सम्झौतामा, जर्मनीले फ्रान्सलाई आवश्यक पर्दा थप बिजुली उपलब्ध गराउने बताउँदै फ्रान्सले जर्मनीलाई ग्यास आपूर्तिमा मद्दत गर्न सहमत भएको थियो ।
युक्रेनमाथि आक्रमण गरेपछि रुसले ग्यास आपूर्तिलाई पश्चिमाविरुद्ध हतियारको रूपमा प्रयोग गरेको आरोप लगाइएको छ ।
प्रतिक्रिया