विदेश
वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज
२०७९ असोज २२ गते ९:१८

२२ असोज २०७९ न्युयोर्क । संयुक्त राष्ट्र मानवअधिकार परिषदमा वीगर मुस्लिमको स्थितिलाई लिएर चीनविरुद्ध गरिएको प्रस्ताव खारेज भएको छ ।
चीनको शिनजियाङ्ग क्षेत्रमा मानवअधिकार उल्लङ्घनमाथि बहसका लागि क्यानडा, अमेरिका र बेलायतसहितका मुलुकले मस्यौदा प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा पर्याप्त मत नआएपछि खारेज गरिएको हो ।
चीनविरुद्ध आएको प्रस्तावमा ४७ मुलुकमध्ये १७ मुलुकले मात्रै पक्षमा मतदान गरेका थिए भने चीनसहित १९ मुलुकले विपक्षमा मतदान गरेका थिए ।
विपक्षमा मतदान गर्नेमा नेपालसहित पाकिस्तान, कतार, संयुक्त अरब इमिरेट्स, उजबेकिस्तान र सुडान थिए । ११ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् ।
प्रतिक्रिया