विदेश
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध छानबिन शुरु, यस्तो छ आरोप
२०७९ भदौ ६ गते ७:३९

६ भदौ २०७९ इस्लामावाद । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ।
सरकारविरुद्धको प्रदर्शनका क्रममा न्यायपालिका र सुरक्षा निकायविरुद्ध गम्भीर आरोप लगाएको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको हो ।
देशद्रोहको आरोपमा हिरासतमा रहका आफ्ना निकटस्थ सहयोगीलाई प्रहरीले यातना दिएको आरोप लगाएपछि उनीमाथि अनुसन्धान शुरु गरिएको हो ।
खानमाथि आतंकवाद विरोधी कानूनको उल्लंघन गरेको विषयमा अनुसन्धान जोडिएको जनाएको छ । प्रहरीले पक्राउ गर्न सक्ने भन्दै खानका समर्थकहरू इस्लामाबादस्थित उनको घरबाहिर जम्मा भएका छन् ।
गत अप्रिलमा सत्ताबाट हटाइएदेखि खानले सरकार र सेनाको चर्को आलोचना गर्दै आएका छन् ।
प्रतिक्रिया