विदेश
रुसमा १० जनासम्म सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश जारी
२०७९ भदौ ३ गते ९:०२

३ भदौ २०७९ मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश ल्याउनुभएको छ ।
रुसमा घट्दो जन्मदरका कारण जनसङ्ख्याका कम हुन थालेपछि पुटिनले सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश ल्याउनुभएको हो ।
अध्यादेश अनुसार रुसमा अब दशौं बच्चा एक वर्ष पुगेपछि तिनको आमालाई १० लाख रुबल पुरस्कार दिइने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया