सभापतिका लागि आफ्नै नाममा सहमति खोज्दै नेता प्रकाशमान सिंह (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहबाट साझा उम्मेदवारी दिनका लागि सहमतिको प्रयास भइरहेको बताउनुभएको छ ।
पार्टीको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले राजधानीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै सभापतिमा साझा उम्मेदवार तय हुने बताउनुभएको हो ।
नेता सिंहले आफु पार्टीको साधारण सदस्यबाट राजनीति शुरु गरेर उपसभापतिसम्म भएको स्मरण गर्दै अब समूहको सहमतिमै सभापतिमा चुनाव लड्ने बताउनुभयो ।
नेता सिंहले संस्थापन इतर समूहमा सहमतिको अधिकतम प्रयास भइरहेको दाबी गर्दै सहमति नभए लोकतान्त्रिक विधि अनुसार सभापतिमा उम्मेदवारी दिने पनि बताउनुभयो ।
उहाँले सहमतिका लागि प्रयास भैरहेको र सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट अघि बढ्ने बताउनुभयो ।
महाधिवेशन आउन तीन दिन बाँकी रहँदा नेतृत्वमा चुनाव लड्न प्रकाशमानले सिंहदरबारको मूल गेट अगाडिको एक पार्टी प्यालेसमा सम्पर्क कार्यालय खोल्नुभएको छ ।
प्रतिक्रिया