Political Hightlights

नेपाली कांग्रेसको ३ जिल्लामा आज अधिवेशन हुँदै

हिमालय टिभी
२०७८ मंसिर ७ गते ९:०४
नेपाली कांग्रेसको ३ जिल्लामा आज अधिवेशन हुँदै

७ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन हुन बाँकी जिल्लाहरुमा आज पनि अधिवेशन हुँदैछ ।

२४ गतेबाट हुने महाधिवेशनका लागि १ सय ४९ जिल्लामा अधिवेशन हुन बाँकी रहेकोमा हिजो १ सय २५ जिल्लामा महाधिवेशन भएको छ । यस्तै बाँकी रहेका जिल्लाहरूमा आज अधिवेशन हुने काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो ।

उहाँले सिन्धुपाल्चोक र रसुवामा नयाँ निर्वाचन अधिकृत तोकिएको र आज अधिवेशन हुने पनि बताउनुभयो ।

यस्तै सर्लाहीमा भने नयाँ निर्वाचन अधिकृत तोकेर आज पठाउन लागिएको भन्दै उहाँले सर्लाहीमा वडादेखि कै अधिवेशन आज गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *