Political Hightlights
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
२०७८ मंसिर ६ गते ९:०२

६ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
दिउँसो तीन बजे ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने नेकपा एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा दसौँ महाधिवेशनको तयारी र ५ प्रतिशत मनोनित सदस्यका विषयमा पनि छलफल हुने तामाङले बताउनुभयो ।
प्रतिक्रिया