१७ औ संस्करणको मिस टिन नेपालको अडिसन शुरु (भिडियो रिपोर्टसहित)

२३ साउन २०७८ काठमाडौं । काठमाडौं जेसिजको आयोजनामा हुने सौन्दर्य प्रतियोगिता मिस टिन नेपालको अडिसन शुरु भएको छ । २००२ देखि मिस टिन नेपालको आयोजना गर्दै आएको काठमाडौ जेसिसले १७ औ संस्करणका लागि अडिसन शुरु गरेको हो । पहिलो चरणको अडिसन आज लिइएको छ भने दोस्रो चरणको अडिसन साउन ३० गते हुँदैछ ।
१६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आजदेखि शुरु गरिएको मिस टिन नेपाल २०२१ को अडिसन काठमाडौंमा शुरु भएको छ ।
मिस टिन नेपालको २०२१ को संस्करणमा फरक क्षमताका प्रतिभाहरुलाई विशेष प्राथामिकता दिएर अडिसन शुरु गरिएको छ । दुई चरणमा अडिसन लिइएको छ । शनिबार पहिलो चरणको अडिसन सकिएको छ भने आगामी साउन ३० गते दोस्रो अडिसन हुनेछ ।
विशेषगरी टिन एजका किशोरीभित्र लुकेको प्रतिभालाई बाहिर ल्याउने प्रतियोगिताको मूल उद्देश्य रहेको आयोजकको भनाइ छ । मिस टिन छनौटका लागि प्रतियोगितामा सहभागीले देखाउने आत्मविश्वास हेर्ने गरिएको छ ।
मिन टिन नेपालमा सौन्दर्यका साथै महिला सशक्तीकरणलाई समेत मुख्य प्राथामिकतामा दिइएको बताइएको छ । अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार मिस टिन नेपाल सञ्चालन हुनेछ । यस प्रतियोगिताले किशोरीहरुको क्षमता विस्तार गराउनुको साथै संस्कार, संस्कृति र पहिचानलाई विश्वभर परिचित गराउने उद्देश्य राखिएको छ ।
प्रतियोगितामा न्यूनतम एसइई उत्तीर्ण गरेका १९ वर्ष मुनिका युवतीले सहभागिता जनाउन सक्ने छन् । यसबाट अडिसनमा भाग लिएका सहभागी उत्साहित देखिएका छन् ।
पहिलो र दोस्रो चरणको अडिसन राउण्ड पार गरेपछि भदै १३ गतेदेखि तालिममा सहभागिता गराइनेछ । प्रतियोगिता हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।
प्रतिक्रिया