कला/मनोरञ्जन
गुगल प्ले म्युजिक २४ फेब्रुअरीदेखि बन्द हुँदै, आउँदैछ यस्तो एप
२०७७ माघ २६ गते १६:१५

यदि तपाईं स्मार्टफोनमा गुगल प्ले म्युजिक एप प्रयोग गरिरहनुभएको छ भने, तपाईंका लागि दुखद् खबर छ । एन्ड्रोइड स्मार्टफोर्टको यो एप फेब्रुअरी २४ देखि बन्द हुँदैछ ।
खबरअनुसार गुगलले आफ्नो प्ले म्युजिक एपलाई युट्युब म्युजिक नामक एपले रिप्लेस गर्ने छ ।
गुगलले केही दिन अघि गुगल प्ले म्युजिक एपलाई युट्युब म्युजिकले रिप्लेस गर्ने घोषणा गरेको थियो । गुगल प्ले म्युजिक आठ वर्षदेखि सञ्चालनमा छ ।
अधिकांश एन्ड्रोइड स्मार्टफोनमा यो एप खोल्दा गुगलले शटडाउनको म्यासेज पठाउने गरेको छ ।
म्यासेजमा प्रयोगकर्तालाई भनिएको छ, २४ फेब्रुअरी २०२१ बाट तपाईंको गुगल प्ले म्युजिक एपको सबै डाटा रिमुभ गरिनेछ ।
प्रतिक्रिया