Main News

नेकपा प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन शुरु गर्दै

हिमालय टिभी
२०७७ माघ १३ गते ७:४०
नेकपा प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन शुरु गर्दै

१३ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन गर्दैछ ।

नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको पहिलो दिन आज सिट्ठी जुलुु गर्न लागेको हो । काठमाडौंसहित देशका मुख्य शहर केन्द्रीत आन्दोलन हुनेछ ।

काठमाडौंका विभिन्न स्थानबाट -यालीसहित माइतीघर मण्डला पुगेर सिट्ठी जुलुस निकालिने नेकपाले जनाएको छ । प्रचण्ड(नेपाल समूहको आजदेखि शुरु हुने आन्दोलन २८ गतेसम्म चल्ने छ ।

भोलिदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरु सहितको दैनिक धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिका सह–संयोजक पम्फा भुसालले जानकारी दिनुभयो ।

त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । देशभर विभिन्न विरोध सभा र आन्दोलन घोषणा गरिएको छ ।

माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुने र ती सभामा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा हुने केन्द्रीय संघर्ष समिति सह–संयोजक भुसालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *