Main News

चुनाव तोकिएकै मितिमा हुन्छ, हामी शानदार जीत हासिल गर्छौः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १८:५९
चुनाव तोकिएकै मितिमा हुन्छ, हामी शानदार जीत हासिल गर्छौः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने र आफूहरुले शानदार जीत हासिल गर्ने दाबी गर्नुभएको छ ।

दाङको राप्ती गाउँपालिकाको लालमटियामा आयोजित पार्टीको सभामा प्रधानमन्त्री ओलीले निर्वाचन हुँदैन भनेर केही मानिस बाटोमा अलमलिएको भन्दै त्यसका पछि नलाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै बाटो बिराएका मान्छेको संज्ञा दिनुभयो । प्रचण्ड–नेपाललाई देश बनाउने र कानून बनाउने ठाउँमा झुक्किएर पनि पुग्न दिन नहुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई तिल्के गोरुको संज्ञा दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले जनताप्रति उत्तरदायी सरकार नरुचाउनेले आफूलाई असफल बनाउन लागिरहेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *