Main News

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, मङ्गलबार पनि सुनुवाइ

हिमालय टिभी
२०७७ माघ १२ गते १८:४३
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, मङ्गलबार पनि सुनुवाइ

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रमअनुसार यही माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र विशालसभा आयोजना गरिएको छ । यस्तै माघ २६ गते देशव्यापी मसाल जुलुस, माघ २२ गत काठमाडौँमा युवा ¥याली गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन तथा आमसभा गरिने नेकपाले जनाएको छ । माघ १६ गते जुलुससहित श्रद्धाञ्जली तथा माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य सहभागी भएर धर्ना दिने, माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने कार्यक्रम तय गरिएको संघर्ष समितिले जनाएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम खारेज नहुँदासम्म आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको एक समूह सडक संघर्षमा उत्रिएको छ । सो समूहले दुई चरणमा देशव्यापी आन्दोलन गरिसकेको छ । संघर्ष समितिले आन्दोलनमा सहभागी हुने सम्पूर्ण पार्टी कमिटीका सदस्य तथा जनसमुदायलाई धन्यवादसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *