Main News

ताजा जनादेशको नारासहित माघ २३ गते काठमाडौंमा जनसभा गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १७:०५
ताजा जनादेशको नारासहित माघ २३ गते काठमाडौंमा जनसभा गर्ने (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको नारा दिँदै माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ ।

संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको आरोप लागिरहेका बेला ओली समूहले संविधान रक्षाको नारा दिएर शक्ति प्रदर्शनको घोषणा गरेको हो ।

त्यसको तयारीका लागि कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ समय ११ सदस्यीय समिति बनाइएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी ओली पक्षले २३ गते हुने जनसभालाई अस्थिरता सिर्जना गर्ने प्रयास विरुद्धको कदम पनि भनेको छ ।

उपप्रधानमन्त्री पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर चुनावमा जान तयार भए पार्टी एक हुन सक्ने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगको निर्णयलाई सकारात्मक भन्नुभएको छ ।

आफुहरुले पार्टीबाट कसैलाई निस्कासन नगरेको भन्दै उहाँले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताउनुभयो । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उहाँको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *