Main News

हेँला गरेका पूर्व लडाकुलाई फकाउँदै प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते १९:०५
हेँला गरेका पूर्व लडाकुलाई फकाउँदै प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेका माओवादीका पूर्व लडाकुलाई आफ्नो पक्षमा ल्याउने प्रयास गर्नुभएको छ ।

सार्वजनिक कार्यक्रममै प्रचण्डले जनमुक्ति सेनाको योगदान भुलेको आरोप लगाइरहेका प्रधानमन्त्री ओलीले आज माओवादी सेनाका तत्कालिन केही कमाण्डरलाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएको छ ।

छलफलमा प्रधानमन्त्रीले पूर्वजनमुक्ति सेनाका भावनालाई नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले समस्याको वास्तविक समाधान गर्ने दाबी गर्नुभयो । भेटमा सहभागी लेनिन विष्टले प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएको जानकारी दिनुभयो ।

प्रचण्डको साथ छाडेर ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा बादलले पूर्व लडाकुलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहनु भएको छ । तत्कालिन एमाले र माओवादी एकीकरणपछि ओली र प्रचण्ड दुवै पक्षले त्यतिधेरै महत्व नदिएका पूर्व लडाकुहरु पार्टी विभाजनपछि दुवै पक्षको तानातानमा छन् ।

व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोग लागेका तत्कालिन कमाण्डर कालिबहादुर खामलाई पनि ओली पक्षले पार्टीमा भित्र्याउन प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *