Main News

तस्वीरमा हेर्नुस् नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीमा गरेको शक्ति प्रदर्शन

हिमालय टिभी
२०७७ माघ ९ गते १७:५२
तस्वीरमा हेर्नुस् नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीमा गरेको शक्ति प्रदर्शन

९ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले संसद विघटन विरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

संसद पुनर्स्थापनाका लागि दबाब दिँदै प्रचण्ड–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न नौ ठाउँबाट हजारौंको जुलुस निकालेर अहिले शान्ति वाटिका अगाडि सडकमा सभा गरेको हो ।

सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी सच्याएर मात्रै आन्दोलन समाप्त हुने बताएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओलीलाई परास्त गरेरै छोड्ने पनि दावी गरेका छन् । सभा अगाडि प्रचण्ड–नेपाल समूहले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालेको थियो ।

यो प्रदर्शनबाट प्रचण्ड नेपाल समूहले ओली सरकारलाई धक्का दिने बताएको छ । उपत्यकाबाहेक काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, गण्डकी प्रदेश र प्रदेश २ का जिल्लाबाट समेत प्रदर्शनका लागि कार्यकर्ता राजधानी ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *