Main News

अमेरिकी राजदूतद्वारा प्रधानमन्त्री ओलीसँग भेट

हिमालय टिभी
२०७७ माघ ९ गते १६:२७
अमेरिकी राजदूतद्वारा प्रधानमन्त्री ओलीसँग भेट

९ माघ २०७७ काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत बेरीले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनका शीर्ष प्राथमिकताहरुबारे छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईको पनि सहभागिता थियो ।

छिट्टै राजनीतिक दलका नेता, सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गरेर नयाँ प्रशासनको प्राथमिकताबारे जानकारी गराउने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *