Main News

राजधानीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

हिमालय टिभी
२०७७ माघ ९ गते १४:२३
राजधानीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

९ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाका लागि दबाब दिँदै प्रचण्ड– नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो ।

काठमाडौंका विभिन्न नौ ठाउँबाट जुलुस निकालिएको छ । प्रदर्शनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । जुलुसपछि शान्ति वाटिका अगाडि सभा हुनेछ ।

स्थायी समिति सदस्य तथा केन्द्रीय नेताको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालेका छन्।

जसअन्तर्गत माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, डिल्लीबजारको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले र लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेतलगायतका नेताहरुले गरिरहेका छन्।

त्यस्तै कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्ति वाटिकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेज अगाडिको जुलुसको देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री, वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठले नेतृत्व गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *