Main News

चुनाव भए बहुमत ल्याउँछु भन्ने नसोच्न कांग्रेसलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ७ गते १९:१०
चुनाव भए बहुमत ल्याउँछु भन्ने नसोच्न कांग्रेसलाई पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझाव (भिडियो रिपोर्टसहित)

७ माघ २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर भोजराज पोखरेलले चुनाव भएर बहुमत ल्याउँछु भन्ने नसोच्न नेपाली कांग्रेसलाई सुझाव दिनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले वैशाखमा चुनाव सम्भव नभएको र भए पनि निष्पक्ष नहुने भन्दै कांग्रेसलाई सचेत रहन सुझाव दिनुभएको हो । चुनाव भए ०५४ सालको स्थानीय चुनावजस्तै हुने र कब्जा हुन सक्ने पोखरेलको आशंका छ ।

०५४ सालको स्थानीय चुनावमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले शक्तिको दुरुपयोग गरी एमालेलाई जिताएको आरोप छ । त्यतिबेला स्थानीय चुनावमा तत्कालीनले एमालेले प्रतिशत जितेको थियो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले अहिले संसद पुनर्स्थापना नै सही विकल्प भन्दै त्यसका लागि नागरिक समाजले दबाब दिनुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक ठूलो संकटमा फसेको र यस्तो बेला विदेशी हस्तक्षेप बढ्न सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *