Main News

भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने, खोप भोलिबाटै आउन थाल्ने

हिमालय टिभी
२०७७ माघ ७ गते १४:३७
भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने, खोप भोलिबाटै आउन थाल्ने

७ माघ २०७७ काठमाडौं । भारतले अनुदानमा दिने खोप भोलि नेपाल आउने भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर खोप भोलि नेपाल आउने जानकारी दिएको हो । स्वास्थमन्त्री हृदयश त्रिपाठीको अनुसार भारतले पहिलो चरणामा १० लाख डोज खोप उपलब्ध गराउनेछ ।

पत्रकार सम्मेलनमा उपस्थित भारतीय राजदूत विजयमोहन क्वात्राले भारतमा उत्पादित कोभिशिल्ड खोप अनुदानमा दिन लागेको र त्यो खोप भोलि नेपाल आइपुग्ने बताउनुभयो ।

उहाँले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार खोप दिन लागेको बताउनुभयो । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

भारतले कोभिशिल्ड खोप छिमेकी देशलाई दिन थालेको छ । उसले पहिलो चरणमा आज भुटान र माल्दिभ्सलाई खोप पठाइसकेको छ ।

भारतले बंगलादेश म्यानमार श्रीलंका अफगानिस्तान मरिसस र सेचेलेशमा पनि खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *