Main News

संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी, बहसका लागि आधा घण्टा समय निर्धारण

हिमालय टिभी
२०७७ माघ ७ गते १२:३०
संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी, बहसका लागि आधा घण्टा समय निर्धारण

७ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ भइरहेको छ ।

संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आजको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभएको छ ।

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले आधा घण्टा समय निर्धारण गरेको जानकारी दिनुभयो । बहस शुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ ।

यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो ।

लामो समय बहस गर्न पाएका कारण मंगलबारको सुनुवाइमा निवेदकका तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *