Main News

कोरोना खोपको साइड इफेक्ट देखियो, यसो भन्छन नेपाली विज्ञ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ६ गते २०:३२
कोरोना खोपको साइड इफेक्ट देखियो, यसो भन्छन नेपाली विज्ञ (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिरहेको छ । खोप सुरक्षित रूपमा राख्न सबै प्रदेश र केन्द्रमा आठवटा भण्डारण केन्द्र निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ ।

त्यस्तै खोप अभियान सञ्चालनको लागि कुन समयमा कसले खोप प्राप्त गर्ने विवरण समेटिएको सेवाग्राहीको सूचीसमेत सरकारले तयार पारिरहेको छ । तर कतिपय देशमा कोरोनाको खोप लगाएकामा नकारात्मक असर देखिएको छ । यसले नेपालमा पनि आम नागरिकलाई झस्काएको छ ।

नर्वेमा फाईजर र बायोएनटेक कम्पनीको कोरोना विरुद्धको खोप लगाएका २३ जना बृद्धवृद्धाको मृत्यु भयो ।

अमेरिकामा पनि यहि खोप लगाएका एक चिकित्सकको १६ दिनपछि मृत्यु भयो । पोर्चुगलमा पनि फाइजर खोप लगाएकी एक नर्सको ज्यान गएको छ ।

भारतमा पनि केहि खोपको साइड इफेक्ट देखिएको छ । स्वदेशमै उत्पादन भएको कोभिशिल्ड खोप लगाएका मध्ये दर्जनौं विरामी परेको खवर आएको छ । खोपका बारेमा अहिले विश्वभरी नै वहस भइरहेको छ । र यसबारे नेपालमा पनि प्रश्न उठन थालेको छ । किनकी भारतीय खोप प्रयोग गर्न नेपालले पनि अनुमति दिइसकेको छ ।

कुनै पनि रोगविरुद्ध दिने ओषधि होस् वा खोप त्यसले कुनै न कुनै रुपमा मानिसमा असर पार्छ । त्यसैले त्यसलाई सामान्य रुपमा लिनु पर्ने विज्ञको तर्क छ ।

भारतमा मात्रै होईन, कोरोना विरुद्धको फाइजर र बायोएनटेक कम्पनीको खोप लगाएका अन्य देशमा पनि साइड इफेक्ट र केहीमा गम्भीर असर पनि देखिएको छ । तर विज्ञसँगै सरकारी अधिकारी पनि यसलाई सामान्य रुपमा नै लिन्छन् ।

नेपाल सरकारले १४ वर्ष भन्दा माथिका ७२ प्रतिशत नागरिकलाई तीन चरणमा खोप उपलब्ध गराउने भनेको छ । स्वास्थ्यकर्मी, बृद्धबृद्धा तथा कोरोनाविरुद्ध अग्रपंतिमा खटिनेलाई पहिलो चरणको खोप उपलब्ध गराउने सरकारी तयारी छ ।

विभिन्न देशमा कोरोना विरुद्धको खोपको असर देखिएसँगै विस्वंसनियतामा पनि प्रश्न उठेको छ । त्यसैले अहिले बनिरहेका मध्ये संभव भएसम्म विश्वंसनीय खोप भित्र्याउन सरकारले पहल लिनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *