Main News

साइबर सेनाबाट नआत्तिन कार्यकर्तालाई माधव नेपालकाे आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ६ गते १८:५०
साइबर सेनाबाट नआत्तिन कार्यकर्तालाई माधव नेपालकाे आग्रह (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ हैसियतमा रहनुपर्ने नत्र पदबाट हट्नुपर्ने बताउनुभएको छ ।

आफू निकट प्रेस संगठनको राष्ट्रिय भेलामा नेपालले प्रतिनिधिसभा विघटन भएपछि पदमा रहिरहन नमिल्ने भन्दै तत्काल काम चलाउ हैसियत ग्रहण गर्न वा राजीनामा दिन सुझाव दिनुभयो । तर प्रधानमन्त्री ओलीले काम चलाउ पनि नहुने र पद पनि नछाड्ने अडान लिएर बसेको भन्दै नेपालले यसलाई पदलोलुपताको संज्ञा दिनुभयो ।

पछिल्लो समय प्रधानमन्त्री ओली निकटका व्यक्तिले साइबर सेना गठन गरेको भन्दै नेपालले यसबाट नआत्तिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कू गरेको भन्दै नेपालले सबै मिलेर प्रतिगमनविरुद्ध लडनुको विकल्प नरहेको समेत बताउनुभयो ।

अब नेकपा समर्थित प्रेस संगठन पनि दुइ खेमामा विभाजित भएको छ । भेला अघि पत्रकारले भृकुटीमण्डपबाट जुलुस निकालेका थिए । ओली समर्थक पत्रकारले भने पर्सी ८ गते छुट्टै भेला बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *